एमाले–कांग्रेसले सहकार्य गरेर अघि बढ्नुपर्ने रामबहादुर थापाको धारणा
सहयात्रा टिभी
काठमाडौं । पुस १५ , नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले एमाले–कांग्रेसले तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखे ।
उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाइ गर्न नहुने तर्क गरे ।


