कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो
सहयात्रा टिभी
काठमाडौं । पुस २९, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र सात वटै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन गरिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन जारी छ । यो सहित समसामयिक राजनीतिक विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको बुझिएको छ ।


