विशेष महाधिवेशनमा सभापतिको लागि फाराम वितरण भयो
सहयात्रा टिभी
काठमाडौं । पुस २९, नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३स्२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ ।

३० मध्ये ३ वटा सभापति पदको उम्मेदवारको लागि तय भएको फाराम रहेको छ । अहिले फाराम वितरणको काम भइरहेको र फाराम बुझ्ने काम ५ बजेपछि मात्रै हुनेछ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सभपाति शेरबहादुर देउवासहित संस्थापन समूहले बेवास्ता गरेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेका हुन् ।
विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया नै अघि बढाएपछि संस्थापन समूहले भने यसलाई रोक्न छलफल डाकेको छ । छलफलमा पार्टी सभापित देउवा समूह, नेता शेखर कोइराला समूह र विशेष महाधिवेशन समूहका नेताहरू सहभागी छन् ।
त्यस्तै कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ ।


