नेपाली कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवार मनोनयन दर्ता सुरु
सहयात्रा टिभी
काठमाडौं । पुस ३०, नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया अघि बढाइएको हो । विशेष महाधिवेशन र संस्थापन पक्षबीच रातभर भएका वार्ता असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको विशेष महाधिवेशन पक्षधर नेताहरुले बताएका छन् । यद्यपि, वार्ता अहिले पनि जारी छ ।
निर्वाचन समितिले निर्वाचन कार्यतालिका परिवर्तन गर्दै प्रक्रिया अघि बढाएको हो । सुरुमा प्रकाशित तालिका अनुसार मनोनयन दर्ताको समय मंगलबार नै सकिएको थियो । त्यसलाई परिमार्जन गरी बिहानदेखि पुन: मनोनयन दर्ताको काम सुरु गरिएको छ ।


