महावीर पुनको म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी, रास्वपाले समर्थन गर्ने

सहयात्रा टिभी

काठमाडौं । माघ ६, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने भएका छन्।

उनले आज जिल्ला निर्वाचन कार्यालयमा पुगेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराइसकेका छन्। राजीनामा स्वीकृतिका लागि उनले म्याग्दीबाटै प्रधानमन्त्रीसमक्ष पत्र पठाएको बुझिएको छ।

स्वतन्त्र उम्मेदवारी घोषणासँगै उनलाई एमालेबाट निर्वाचित अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष माइलन पुर्जाले समर्थन जनाएका छन्। पुर्जाले यसअघि म्याग्दीमा एमालेबाट युवा नेता प्रकाश पौडेललाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्दै आएका थिए।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि पुनको स्वतन्त्र उम्मेदवारीलाई समर्थन गर्ने बताइएको छ। यसले म्याग्दी निर्वाचन क्षेत्रमा नयाँ राजनीतिक गतिशीलता थपिएको छ।

प्रकाशित : 20 January, 2026

प्रतिक्रिया दिनुहोस्