नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती
सहयात्रा टिभी
काठमाडौं । माघ ८, आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले नेपाललाई १४१ रनको चुनौती दिएको छ । टियु मैदानमा सुरुमा ब्याटिङ गरेको नेदरल्यान्डले पाँच विकेटको क्षतिमा १४० रन बनाएको हो । अहिले केहीबरेमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ८ विकेटले हराएको भएको छ। नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ । प्रतियोगितामा नेपालसहित स्कटल्याण्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्याण्ड, बाङ्लादेश, आयरल्याण्ड, पपुवानिउगिनी, नेदरल्याण्ड गरी १० देश सहभागी छन् ।


