पब्लिक डिबेट गर्न बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरे

सहयात्रा टिभी

काठमाडौं । माघ ११, निर्वाचनको चहलपहलबढ्दै जाँदा प्रमुख दलका शीर्ष नेताहरूबीच ‘पब्लिक डिबेट’ (सार्वजनिक बहस) गर्नुपर्ने विषयले राजनीति गर्माएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि काठमाडौं झापा(५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् ।

ओलीको प्रस्ताव : एजेन्डा र खाकासहित बहस गर्न तयार छु

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका हुन्।

बालेनको जवाफ : ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ’

ओलीको उक्त प्रस्ताव सार्वजनिक भएलगत्तै मेयर बालेन शाहले ओलीको स्टाटसमा कमेन्ट गर्दै ओलीसँगको बहस बहिष्कार गर्ने घोषणा गरेका छन्।

बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ। २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो रु’

बालेनले अगाडि थपेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ । त्योपछि अरू कुरा गरौँला ।‘

 

प्रकाशित : 25 January, 2026

प्रतिक्रिया दिनुहोस्