कांग्रेस सभापति थापा सर्लाहीमा
सहयात्रा टिभी
काठमाडौं । माघ १२, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही गएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही– ४ बाट उम्मेदवार बनेका थापा आज सिमरा हुँदै सर्लाही गएका हुन् ।

गत माघ ६ गते भएको उम्मेदवार मनोनयनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थापा आज पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र गएका हुन् । आज सर्लाहीको बागमति पुल नजिकै कर्मैयामा विशेष भेटघाट कार्यक्रम रहेको छ ।


