सिंहदरबारमा राष्ट्रिय सभाको बैठक सुरु
सहयात्रा टिभी
काठमाडौं । माघ १३, संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा सांसदहरूले आ-आफ्नो भनाइ राखिरहेका छन् ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्य सूची छ ।
यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।


