गुल्मीमा ३ महिने शिशुको हत्या आरोपमा बाबु पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ १५, गुल्मीको इश्मा गाउँपालिका–२, छल्दीटारमा तीन महिनाका शिशुको हत्या भएको छ ।

हत्या आरोपमा प्रहरीले शिशुका बाबु ४६ वर्षीय सन्तबहादुर कुमाललाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मादक पदार्थी सेवन गरेका सन्तबहादुरले शिशुलाई टिपेर भुइँमा पछार्दा घटनास्थलमै मृत्यु भएको हो ।

सन्तबहादुरकी जेठी छोरी सरिताले घटनाबारे हस्तीचौर प्रहरी चौकीमा खबर गरेपछि सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।

प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्तवको कमाण्डमा खटिएको टोलीले आरोपित सन्तबहादुरलाई नियन्त्रणमा लिएका थियो ।

डीएसपी सारुका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रकाशित : 29 January, 2026

प्रतिक्रिया दिनुहोस्