रास्वपा जिल्ला उपसभापति कांग्रेसमा प्रवेश
सहयात्रा टिभी
काठमाडौं । माघ १९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा शाही पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।

रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउदै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्। रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्य विहीन हुने भन्दै पुनः आफ्नै पुरानो घर फर्किएको बताइन्। शाहीको कांग्रेस प्रवेश केवल दल परिवर्तन मात्र होइन, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलको नीति माथिको प्रश्न पनि हो, यो हिसाबकिताब जनताले पनि गरिरहेका छन्।
केन्द्रीय सदस्य खड्काले नै शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्। कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए। शाहीको कांग्रेस फिर्तीलाई रास्वपाभित्र जारी असन्तुष्टिको संकेतका रूपमा मात्र व्याख्या नगरेर अनुभव, संरचना र स्थानीय आधार भएका दलतर्फ नेताहरू फर्किन थालेको प्रवृत्तिका रुपमा हेरिएको छ।


