निर्वाचनका लागि प्रहरीको भूमिका निर्णायक हुने : प्रधानमन्त्री कार्की
सहयात्रा टिभी
काठमाडौं । माघ १९, प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी छन् ।
काठमाडौंमा सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन् ।
आगामी फागुन २१ गते हुने निर्वाचन उत्तरदायी लोकतान्त्रिक यात्राको एक कोसेढुङ्गा भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न सुरक्षा निकायलाई निर्देशन दिइन् ।
नेपाल प्रहरीको बिगतदेखि वर्तमानसम्मको क्रियाकलापले प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने प्रमाणित भएको बताउँदै उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको दाबी गरिन् ।


