प्रभु बैंकको अधिकृतबाट अशोक शेरचनले राजीनामा दिए

सहयात्रा टिभी

काठमाडौं । माघ २० , प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । शेरचनको निलम्बन सञ्चालक समितिले फुकुवा गरेपछि उनले आइतबार राजीनामा दिएका हुन् ।

यसअघि बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शेरचनलगायत पक्राउ गरेपछि उनलाई सञ्चालक समितिले निलम्बन गरेको थियो ।

तर, विशेष सरकारी वकिलको कार्यालयले उनलाई प्रमाण नपुग्ने भन्दै हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको थियो ।

त्यसअघि प्रहरीले बयान नसकिएको बहानामा पटकपटक म्याद थप गर्न पेस गरेपछि उच्च अदालत, पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न भन्दै उनलाई अन्तिम पटकका लागि म्याद थप गरेको थियो ।

उच्च अदालतको आदेशबमोजिम त्यो म्याद पनि सकिएपछि विशेष सरकारी वकिल कार्यालयले निर्णय गरी उनलाई हाजिर जहानीमा रिहा गरेको थियो ।

सीआईबीले उनीमाथिको अनुसन्धान प्रतिवेदन अहिलेसम्म पनि सरकारी वकिल कार्यालयमा बुझाउन सकेको छैन।

उनी हाजिर जमानीमा रिहा भएपछि प्रभु बैंकको सञ्चालक समितिले उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकवासँगै उनले प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।

 

 

प्रकाशित : 3 February, 2026

प्रतिक्रिया दिनुहोस्