निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

सहयात्रा टिभी

काठमाडौं । माघ २० , निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाले ७० वर्ष र सो भन्दा माथिका नागरिकलाई घर घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको भन्ने विषयमा आयोगले महानगरपालिकालाई पत्र लेखेको हो ।

यस सम्बन्धमा कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले पत्र लेखेको जनाएको छ ।

यस सन्दर्भमा कार्यबाहक नगरप्रमुखले सुरु गरेको भनिएको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन ? भनेर आयोगले महानगरपालिकालाई जवाफ सहित कागजात पेश गर्न भनेको छ ।

 

प्रकाशित : 3 February, 2026

प्रतिक्रिया दिनुहोस्