मतदान स्थल हुम्ला लिमिको जाङ गाउँ अहिले रित्तै

सहयात्रा टिभी

काठमाडौं । माघ २० , आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । आयोगले मतदान केन्द्र, मतदान स्थलहरूको टुंगो लगाइसकेको छ ।

निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रको मतदाताको संख्या पनि टुंगो लागिसकेको छ । हरेक गाउँमा निर्वाचन गतिविधि बढिरहँदा हुम्लाको लिमीको जाङ गाउँ भने सुनसान छ ।

उत्तरी हुम्लाको नाम्खा गाउँपालिका(६ को लिमिको जाङ गाउँ अहिले रित्तै छ । १० वर्षअघि ६७ घरधुरी रहेको जाङ गाउँ अहिले भने खाली छ ।

तीन वटा मतदान स्थल रहेको लिमि जाँङ गाउँको भृकुटी आधारभुत विद्यालयको मतदान स्थलमा २४७ मतदाता संख्या रहेको तथ्यांक छ । तर, मतदाता गाउँमा छैनन् ।

यता नाम्खा गाउँपालिका(६ को हल्जी पनि अहिले सुनसान छ । हिमपात नहुँदा गाउँका केही घरमा मान्छे बस्ने भए पनि अहिले चिसो झल्न गाउँ छोडिसकेका छन् ।

यहाँको सुनखानी आधारभूत विद्यालयको हल्जी मतदान स्थलमा २९३ जना मतदाता भए पनि अधिकांश काठमाडौं, भारतका विभिन्न सहर गएका छन् ।

 

प्रकाशित : 3 February, 2026

प्रतिक्रिया दिनुहोस्