प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक

सहयात्रा टिभी

काठमाडौं । माघ २२, पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो ।

त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका लागि राखिएको थियो । जहाँ उनको निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।

 

 

 

प्रकाशित : 5 February, 2026

प्रतिक्रिया दिनुहोस्