नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २३, ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो ।

सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।

कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए ।

 

 

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्