राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठ्यो

सहयात्रा टिभी

काठमाडौं । माघ २३, राष्ट्रिय सभामा स्वास्थ्य बीमाको विषय उठेको छ ।

यो कार्यक्रमका सम्बन्धमा राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारसँगै जवाफ मागेकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले भनिन्, ‘अस्पतालहरूले र केही संस्थाहरूले रकम नपाएको भन्ने समाचार आइराखेको छ ।

यो विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको पनि सुनियो । तर व्यवस्थापनको विषयमा के भइरहेको छ यो विषयमा सदनलाई जानकारी गराउन माग गर्दछु ।’

 

 

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्