बैतडी बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई १/१ लाख राहत दिने

सहयात्रा टिभी

काठमाडौं । माघ २३, बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एकरएक लाख रुपैयाँ राहत दिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एकरएक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा घाइते भएकाको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका– ७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते छन् ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीको निसर्ग हस्पिटल र चार जनाको बझाङकै देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरले जनाएको छ ।

 

 

प्रकाशित : 6 February, 2026

प्रतिक्रिया दिनुहोस्