कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । माघ २५, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ८ बजे ‘जुम’ प्रविधिमार्फत बस्ने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । ‘जुम’ बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई सहभागी हुन अनुरोध गरिएको छ ।
बैठकका लागि तीन वटा एजेन्डा तय गरिएका छन् । कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ ।


