प्रहरीको काम कारबाही समय सापेक्ष बनाउन सम्मेलन सुरु
सहयात्रा टिभी
काठमाडौं । माघ २५, प्रहरीको काम कारबाही समय सापेक्ष बनाउन प्रहरीमा रणनीतिक सम्मेलन सुरु गरिएको छ ।

‘नेपाल प्रहरी रणनीतिक सम्मेलन, २०८२’ नाम दिएर दुई दिने सम्मेलन गर्नुका मुख्य उद्देश्य नै प्रहरीको भावी रणनीतिसँग जोडिएको छ ।
प्रहरी प्रधान कार्यालयमा आइतबार भएको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री ओम प्रकाश अर्यालले प्रहरीले आन्तरिक सुरक्षा र प्रहरी सेवाका विविध आयमहरूबारे नागरिक समाजका प्रभुत्व व्यक्तिहरू, सुरक्षा विज्ञहरू लगायत समाजका विभिन्न तप्काका प्रतिनिधिहरूसँग रणनीतिक अन्तरक्रिया गर्नुलाई अत्यन्तै सकारात्मक पहलको भएको बताए ।
प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवं जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उनले बताए ।
प्रहरी सेवाका नीति निर्माणका प्रक्रिया एवम् जनअपेक्षा अनुरूपको प्रहरी सेवाको स्वरूप र भविष्य कस्तो हुनुपर्छ भन्ने विषयमा नागरिक तहको सार्थक सहभागिता र अपनत्व भएमा मात्र त्यस्ता योजनाहरू स्वीकार्य र व्यवहारिक कार्यान्वयन हुन सक्ने उनले बताए ।
अन्वेषण योजना तथा विकाश निर्देशनालयद्वारा शोध अनुसन्धान गरी प्रकाशित गरिएका नेपालमा सामाजिक संजालको प्रयोग र साइबर अपराधबीच अन्तर सम्बन्ध सम्बन्धी अध्ययन, नेपाल प्रहरीमा विद्यमान पोशाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन तथा ट्राफिक प्रहरी कर्मचारीको कार्यबोझ, सेवा प्रवाह, आचरण एवम् व्यवहार सम्बन्धी अध्ययन गरी तीन वटा अध्ययन प्रतिवेदनहरू सार्वजनीकिकरण गरेका थिए ।
गृहसचिव राजकुमार श्रेष्ठले प्रहरी व्यवस्थापन र परिचालनमा देखा परेका विद्यमान चुनौतीहरूलाई सम्बोधन गर्न यस सम्मेलन महत्त्वपूर्ण हुने बताए ।


