नेपालमा राजसंस्था अति आवश्यक भइसकेको रवीन्द्र मिश्रको दाबी

सहयात्रा टिभी

काठमाडौं । माघ २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले नेपालमा राजसंस्था अति आवश्यक भइसकेको दाबी गरेका छन् ।

आइतवार काठमाडौंका पार्टीको उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति, पार्टी, गुट, व्यक्ति सबैलाई छहारी दिएर देशलाई अघि बढाउन मुलुकमा राजसंस्था छहारी अतिआवश्यक भएको पार्टीको अडान राखे ।

राप्रपाले मुलुकलाई राजसंस्थासहितको शासन व्यवस्था चाहिन्छ भनेर नयाँ समझदारीमा मुलुकलाई लैजानुपर्ने धारणा राख्दै आएको र त्यसमा सहमत भएर आम मतदाताले आफ्नो पार्टीलाई मतदान गर्नुको विकल्प नरहेको समेत बताए ।

‘उनीहरूको सन्तान, दरसन्तानले यो देशमा लामो समय बिताउनुछ । अव यी विषयहरूलाई मनन गरेर नेपाली आम मतदाताले यो पटक भोट दिने हो भने राप्रपा बाहेक, हलो बाहेक अर्को पार्टी हुनै सक्दैन ।

अब फेरि त्यसलाई मनन नगरी भोट दिनु भयो भने यो साईकल यसै गरी चलिरहन्छ,’ उनले भने, ‘हरेक चुनावमा मतदाता उत्साहित हुने तर कहिल्यै समस्याको समाधान नहुने स्थिति कायमै रहन्छ । त्यो समस्याको समाधानको दिशामा हामी जानुपर्छ ।’

प्रकाशित : 8 February, 2026

प्रतिक्रिया दिनुहोस्