रुकुममा एक पुरुष खोलामा डुबेको अवस्थामा मृत फेला

सहयात्रा टिभी

काठमाडौं । माघ २९, रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

त्रिवेणी गाउँपालिका(२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

स्थानीयले आज बिहान खोलामा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोला तर्ने क्रममा चिप्लिएर लडेको हुनसक्ने र निस्किन नसकेपछि डुबेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए ।

कठायतको शव भेटिएको खोला बगाउन सक्ने खालको भने छैन । रातिको समय भएकोले कसैले नदेखेको र खोला बाहिर निस्कन सक्ने अवस्था नभएपछि उनको मृत्यु भएको हुनसक्ने पुनले बताए । कठायतको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको छ ।

 

 

प्रकाशित : 12 February, 2026

प्रतिक्रिया दिनुहोस्