चार राजनीतिक समूह मिलेर ‘आइडिया मञ्च’ को घोषणा

सहयात्रा टिभी

काठमाडौं । फागुन १, आगामी निर्वाचनको संघारमा चार राजनीतिक समूह मिलेर ‘आइडिया मञ्च’ को घोषणा गरेका छन् ।

२७ माघ २०८२ मा चार राजनीतिक शक्तिहरू पिपुल फर्स्ट पार्ट, गतिशील लोकतान्त्रिक पार्टी, समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनको आपसी समझदारीअनुसार मञ्च बनेको हो ।

विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा ‘आइडिया मञ्च’ नामक नयाँ राजनीतिक गठबन्धन प्रस्ताव गरिएको मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘समावेशी, लोकतान्त्रिक, नैतिक विकल्प’ को नारासहित गठन गरिएको मञ्चले २०८२ भदौ २३-२४ मा भएको जेनजी आन्दोलनले उठाएका मागहरू पूरा नभएको र निहत्था युवाहरूको हत्यामा कोही जिम्मेवार नठहरिएको भन्दै गम्भीर असन्तुष्टि जनाएको छ ।

मञ्चले पुराना दलहरू र आन्दोलनलाई हाइज्याक गर्ने केही नयाँ दलहरू दुवैलाई चुनौती दिँदै आफूलाई ‘तेस्रो राजनीतिक ध्रुव’ का रूपमा उभ्याउने जिकिर गरेको छ ।

 

प्रकाशित : 13 February, 2026

प्रतिक्रिया दिनुहोस्