एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जिल्लामा केन्द्रित कार्यक्रममा सहभागी बन्ने भएका छन् ।

निर्धारित कार्यक्रम अनुसार उनी बिहान ११ बजे बिर्तामोडका होटल डेग्लोमा झापा क्षेत्र नम्बर ३ का अगुवा कार्यकर्तासँग भेटघाट तथा छलफलमा सरिक हुनेछन् । त्यसपछि दिउँसो ३ बजे दमकस्थित गोरखा डिपार्टमेन्ट स्टोरमा हिसान, प्याब्सन र एन–प्याब्सनद्वारा आयोजित कार्यक्रममा सहभागिता जनाउनेछन् ।

चुनावी माहोल तातिरहेका बेला झापा क्षेत्र नं ५ का एमालेका तर्फबाट उम्मेदवार अध्यक्ष ओलीको झापा भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ । कार्यक्रमक्रममा संगठन सुदृढीकरण र शैक्षिक क्षेत्रसँगको संवाद मुख्य एजेन्डा रहने बताइएको छ।

प्रकाशित : 21 February, 2026

प्रतिक्रिया दिनुहोस्