प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदान

सहयात्रा टिभी

काठमाडौं । फागुन २१, प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बिहानै आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ अन्तर्गत पर्ने धापासीस्थित मतदान केन्द्रमा पुगेर भोट खसालेकी हुन्।

प्रधानमन्त्री कार्कीले धापासी निम्न माध्यमिक विद्यालय (निमावि) मा रहेको ‘फैमालचुली मतदान केन्द्र’बाट मतदान गरेकी हुन्। बिहान सबेरै मतदान केन्द्रमा पुगेकी उनले आफ्नो मताधिकार प्रयोग गरेलगत्तै सम्पूर्ण आम नागरिकलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अनिवार्य रूपमा भोट हाल्न सबैलाई अपिल गरेकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, “आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज फागुन २१, अनिवार्य रूपमा मतदान केन्द्र पुगी आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न हार्दिक आग्रह गर्दछु।”

फागुन २१ गते बिहीबार भइरहेको यस मतदानमा नागरिकको उत्साहजनक र अनिवार्य सहभागिताका लागि प्रधानमन्त्रीले उक्त सन्देश प्रवाह गरेकी हुन्।

प्रकाशित : 5 March, 2026

प्रतिक्रिया दिनुहोस्