बालेन चढेको हेलिकप्टर ५ मिनेटमै काठमाडौं फर्कियो
सहयात्रा टिभी
काठमाडौं । फागुन २१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लिएर झापाका लागि उडेको हेलिकप्टर बीचैबाट काठमाडौं फर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको ५ मिनेटभित्रै उक्त हेलिकोप्टर पुनः काठमाडौंमै अवतरण भएको हो।

काठमाडौं क्षेत्र नम्बर २ का मतदाता रहेका नेता साहले आज बिहान सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुल मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका थिए। मतदान प्रक्रिया सम्पन्न गरेलगत्तै उनी आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र झापा-५ तर्फ प्रस्थान गर्न हेलिकप्टर चढेका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर बिहान १०:१० बजे काठमाडौंमै अवतरण भएको पुष्टि गरेको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलिकप्टर कुनै प्राविधिक गडबडी वा माथिल्लो निर्देशनका कारण नभई यात्रुकै चाहनामा आफैं फर्किएको हो। भुलले स्पष्ट पार्दै भनेका छन्, “अझै पनि उहाँहरु जान्छु भन्दा कुनै रोकतोक छैन।”
यसैबीच, आजै नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष प्रचण्ड भने हेलिकप्टरमार्फत नै आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।


