धनुषा–३ मा मनिष झालाई अग्रता

सहयात्रा टिभी

काठमाडौं । फागुन २२, बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मनिष झाले २ हजार ७८७ मत प्राप्त गरेका छन् ।


यसैगरी, नेपाली कांग्रेसका विमलेन्द्र निधिले ९७२ मत प्राप्त गर्दा नेकपा एमालेकी जुलीकुमारी महतोले ४७६ मत प्राप्त गरेकी छिन् ।
रास्वपा : २७८७
कांग्रेस : ९७२
एमाले : ४७६

प्रकाशित : 6 March, 2026

प्रतिक्रिया दिनुहोस्