रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

सहयात्रा टिभी

काठमाडौं । फागुन  २३, गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार श्याम कुमार श्रेष्ठ अगाडि रहेका छन् ।

श्रेष्ठले २ हजार ५६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका रामचन्द्र खड्काले १ हजार ९८९ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कृष्णहरि बुढाथोकीले १ हजार ६७९ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका दिपकुमार योन्जनले १ हजार ५२६ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेलले १ हजार ४० मत पाएका छन् । रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकामध्ये हालसम्म सुनापति गाउँपालिकाको मत गणना सकिएको छ ।

प्रकाशित : 7 March, 2026

प्रतिक्रिया दिनुहोस्