गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि

सहयात्रा टिभी

काठमाडौं । फागुन २५, गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ जित नजिक पुगेका छन् । आइतबार बिहान मात्र चार मतको फरकमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्री अहिले आठ हजार १३० मतले पछाडि छन्।

गुरुङले १९ हजार २९७ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ११ हजार १६७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हरिराज अधिकारीले सात हजार २१६ मत पाउँदा चौथो स्थानमा रहेका एमालेका आरसी लामिछानेले २७ सय २ मत मात्र पाएका छन् ।

प्रकाशित : 9 March, 2026

प्रतिक्रिया दिनुहोस्