डा. बाबुराम भट्टराई भोलि बुधबार भारत जाँदै

सहयात्रा टिभी

काठमाडौं । फागुन २६, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् ।

नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ ।

नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा १२, १३ र १४ मा उक्त समिट हुँदैछ । उक्त समिटमा ‘गेस्ट अफ अनर’ को रुपमा भट्टराई सहभागी हुन लागेका हुन् ।

आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् ।

साथै, विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ । समिटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् ।

 

प्रकाशित : 10 March, 2026

प्रतिक्रिया दिनुहोस्