रास्वपाले सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष टुंगो लायो
सहयात्रा टिभी
काठमाडौं । चैत्र १, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ ।

आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।


