एन्फाले एकतर्फी निर्णय गरिएको भन्दै ए डिभिजन क्लबहरूआन्दोलित

सहयात्रा टिभी

काठमाडौं । चैत्र २, अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका लागि एकतर्फी ढंगले निर्णय गरिएको भन्दै क्लबहरू नै आन्दोलित बनेका छन् ।

आज सोमबार पत्रकार सम्मेलन गरी क्लबहरूले माग तत्काल सम्बोधन गर्न माग गर्दै धर्ना दिएका हुन् । एन्फा र क्लबहरूबीच गत कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्न उनीहरूको माग छ ।

एन्फाले यही चैत ३० गतेदेखि गर्ने गरी लिगको तालिका सार्वजनिक गरेको छ । तर क्लबहरूले नियमानुसार १४ क्लबको सहभागिता गर्नपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने माग राखेका छन् ।

 

प्रकाशित : 16 March, 2026

प्रतिक्रिया दिनुहोस्