शव बोकेको हेलिकोप्टर खोटाङको बालाबेसीमा दुर्घटना
सहयात्रा टिभी
काठमाडौं । चैत्र ४, खोटाङमा हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । दुर्घटनामा मानवीय क्षती नभएको जानकारी आफूले पाएको कँडेलले बताइन् ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । सुरुमा डिलमा ल्यान्ड हुन लागेको हेलिकोप्टरलाई उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


