रास्वपाको अभिमुखीकरण कार्यक्रममा पुगे सभापति रवि पनि

सहयात्रा टिभी

काठमाडौं । चैत्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अभिमुखीकरण कार्यक्रममा पुगेका छन् ।

उनी केहीबेर अघिमात्रै ललितपुरको ग्वार्कोस्थित हिजोबाट अभिमुखीकरण चलिरहेको स्थलमा पुगेका हुन् । रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ ।

यसैबीच अभिमुखीकरण कार्यक्रमको समापन मन्तव्य सभापति रवि लामिछानेले गर्ने कार्यतालिका तय भएको थियो । उनी सोही कार्यतालिकाका लागि त्यहाँ पुगेका हुन् ।

रास्वपाका वरिष्ठ नेता बालेन शाह भने अभिमुखीकरण कार्यक्रममा पुगेका छैनन् ।

 

प्रकाशित : 18 March, 2026

प्रतिक्रिया दिनुहोस्