२०८२ साल चैत ७ गते शनिबारको राशिफल
सहयात्रा टिभी
काठमाडौं । चैत्र ७, आज २०८२ साल चैत ७ गते शनिबार चैत शुक्ल पक्षको तृतीया तिथि। तदनुसार सन् २०२६ मार्च २१ तारिख। गौरी व्रत, मत्स्य जयन्ती व्रत र विश्व कविता दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ । आर्थिक उन्नति हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन सामान्य छ । घमण्डले फाइदा नगर्ने हुँदा शान्त बन्नुपर्ने दिन छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ । दाम्पत्य जीवनमा सुमधुर बन्नेछ।
मिथुन : समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : शुभ दिन छ । समाज र देशको भलाइ गर्ने समय छ । आजको लगानीले उन्नती हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।
सिंह : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।
कन्या : दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ ।
तुला : दिन राम्रो छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलश्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।
वृश्चिक : समय सामान्य छ । आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।
धनु : दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।
मकर : समय सामान्य छ । मिहिनेतको फल नमिल्न सक्छ । मानिसलाई खुशी बनाउन नसक्ने दिन छ । झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य छ । खर्च बढ्नेछ । छोटो यात्रा तय हुन सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।
मीन : आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।


