राम नाम सत्यका लागि हुम्लाको लिमी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माणाधीन फिल्म राम नाम सत्यमा समावेश हुम्लाको लिमी बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द रचना रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियो सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुसी कार्कीले नृत्य गरेका छन्। यो गीतको छाया“कन दैलेखमा गरिएको हो। फिल्ममा समावेश यसअघि सार्वजनिक धागोले बाटेको बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। यो गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्युज पाएको छ।

माइकल इन्टरटेन्मेन्टको हाउसको व्यानरमा उपेन्द्र शाही र स्वेता विमलीद्वारा निर्मित फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्द, बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत, काला चरणको पाश्र्व संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनकोे डीओपी र बन्देप्रसादको सम्पादन रहेको छ।

किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता, मोती कार्की क्रियटिभ प्रोड्युसर र राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको फिल्ममा विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुसी कार्कीलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्