इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला, डेढ सयभन्दा बढी घाइते

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ ।

यसक्रममा ठूला ठूला भवनहरू क्षतिग्रस्त भएका छन् भने इजरायली ऊर्जा केन्द्रहरूलाई लक्षित गरेर हमला तीब्र पारिएको छ । अमेरिका र इजरायल मिलेर इरानका ऊर्जा तथा तेल खानीहरूमाथि हमला गरेपछि तेहरान जवाफी कारबाहीमा उत्रिएको हो । अल जजीराका अनुसार तेहरानको आक्रमणबाट इजरायलमा ठूला ठूला विष्फोटका आवाज सुनिएका छन् ।

इजरायली सेनाले इरानको दोस्रो हमला जारी रहेको र मिसाइलहरू आकाशमा निष्क्रिय पार्ने प्रयास भइरहेको जनाएको छ । धेरै मानिसलाई अस्पताल भर्ना गरिएको समेत सेनाले जनाएको छ ।

 

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्