नाटक मञ्चन गरेर जाँचबुझ आयोगको प्रतिवेदन माग गर्दै प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघर मण्डलामा आज पनि प्रदर्शन भएको छ ।

प्रतिवेदन सार्वजनिक गर्न साइत कुर्नुपर्ने हो कि हस्तक्षेप?, कार्की आयोग २०८२ जेनजेड गुमराहमा, आवाज एक दोषी अनेक जस्ता नारा लेखिएको प्लेकार्ड र ब्यानर राखेर प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागी जेनजीहरूले सडक नाटकमार्फत सरकारको विरोध गर्दै प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आयोगको प्रतिवेदन लुकाएर जेनजी आन्दोलनका पीडित परिवारहरूप्रति अन्याय गरेको विषय नाटकमार्फत उजागार गरिएको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।

जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि अझै सार्वजनिक हुन नसकेपछि माइतीघर मण्डलामा प्रायः हरेक दिन विभिन्न युवा समूहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन हुँदै आइरहेको छ ।

 

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्