राजकीय जिम्मेवारीबाट अलग भइन् प्रधानमन्त्री कार्की

सहयात्रा टिभी

काठमाडौं । चैत्र १०, प्रधानमन्त्री सुशीला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ती लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

जिम्मेवारी छाड्न केही दिनमात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट जिम्मेवारी छाडिसकेकी हुन् ।

ती कर्मचारीका अनुसार, त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरवारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीहरुले लिएर गएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित नीजि निवासमा सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्की निवासमा सुरक्षाकर्मीहरु राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।

कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीको हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।

 

 

 

प्रकाशित : 24 March, 2026

प्रतिक्रिया दिनुहोस्