नवनियुक्त मन्त्रीहरुले लिए शपथ

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १३, नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो ।

यस्तो छ,बालेन नेतृत्वको सरकारका १४ जना मन्त्रीहरूको नाम

  • बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
  • स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
  • शिशिर खनाल, परराष्ट्र मन्त्रालय
  • सोविता गौतम, कानूनमन्त्री
  • विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
  • सुधन गुरुङ, गृहमन्त्री
  • प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
  • विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री
  • गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
  • दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
  • सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
  • खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री
  • सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
  • सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
  • निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
  • साथै रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन् ।

प्रकाशित : 27 March, 2026

प्रतिक्रिया दिनुहोस्