बालेन मन्त्रिपरिषद्‌मा पाँच जना मन्त्री महिला नियुक्त

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १३, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

 

 

प्रकाशित : 27 March, 2026

प्रतिक्रिया दिनुहोस्