आज एमाले संसदीय दलको बैठक
सहयात्रा टिभी
काठमाडौँ । चैत्र १८, आज दिउँसो ३ बजे नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।

बैठकले दलको नेता चयन गर्ने एक नेताले बताए । मंगलबार बसेको एमाले सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानूनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गर्दै विभिन्न आन्दोलनको तालिका सार्वजनिक गरिसकेको छ ।


