इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भए

सहयात्रा टिभी

काठमाडौँ । चैत्र १९, इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् ।

उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।

इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित : 2 April, 2026

प्रतिक्रिया दिनुहोस्