राप्रपाको असन्तुष्ट पक्षले पुन छलफल थाले

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले पुनस् छलफल थालेको छ । संस्थापनइतरको बैठक चुनावपछि फेरि बस्न सुरु गरेको हो ।

महामन्त्री डा.धवलशमशेर राणाको अगुवाइमा असन्तुष्ट पक्षको बैठक काठमाडौंको कान्तिपथस्थित होटल यलो पगौडामा बसिरहेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिएर महाधिवेशन कमिटी घोषणा गर्नुपर्ने विषयमा बैठकमा छलफल हुनेछ ।

सहभागी नेताले भने, ‘चुनावी पराजय, अध्यक्षले राजीनामा दिएर महाधिवेशन आयोजक कमिटी गठन, उपसभामुखमा उम्मेदवारी लगायतमा छलफल भइरहेको छ ।’

अध्यक्ष लिङ्देन नेतृत्वको समितिको अवधि मंसिरमा सकिएको थियो । चुनावपछि महाधिवेशन गर्ने निर्णय गरिएपनि मिति भने तय गरिएको छैन ।

निर्वाचनमा पार्टीको पराजय पछि निर्देशक समितिका संयोजक प्रकाशचन्द्र लोहनीले केन्द्रीय पदाधिकारीले राजीनामा दिनुपर्ने तर्क गरेका छन् ।

महाधिवेशनसम्मका लागि तदर्थ समिति गठन गरेर पदाधिकारी सबैले राजीनामा दिनुपर्ने लोहनीको बताएका थिए । महामन्त्री धवलशमशेर राणा पक्षधर सभामुखमा उम्मेदवारी दिएको प्रति नेतृत्वसँग असन्तुष्ट छ ।

 

प्रकाशित : 12 April, 2026

प्रतिक्रिया दिनुहोस्