दक्षिणकालीमा भिरबाट कार खस्दा एकको मृत्यु
सहयात्रा टिभी
काठमाडौँ । चैत्र २९, दक्षिणकाली नगरपालिका(९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो।

दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक नजिक सडकबाट कार करिब ७ सय मिटर खस्दा काठमाडौं बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त कार निकाल्ने प्रयार भइरहेको प्रहरीले जनाएको छ ।


