प्रधानमन्त्रीले बागमतीका सांसदहरूसँग गरे छलफल

सहयात्रा टिभी

काठमाडौँ । चैत्र ३०, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले सोमबार दिउँसो बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री बनेलगत्तै उनले विभिन्न प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल थालेका थिए । अन्य सबै प्रदेशका सांसदहरूसँग उनले यसअघि नै छलफल गरिसकेका छन् । सोमबार भने उनले बागमतीका सांसदहरूसँग छलफल गरेका हुन् ।

उनले सांसदहरूसँग आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, तत्काल र दीर्घकालीन रुपमा गर्न सकिने समाधानका उपाय लगायतबारे छलफल गरिरहेका हुन् ।

 

 

 

प्रकाशित : 13 April, 2026

प्रतिक्रिया दिनुहोस्