गृहमन्त्री गुरुङ सभापति रविलाई भेट्न पुगे बूढानीलकण्ठ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ८, गृहमन्त्री सुधन गुरुङ रास्वपाका सभापति रवि लामिछाने भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी भएको लघु बिमा कम्पनीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री अहिले विवादमा मुछिएका छन् ।

यसै विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने भन्दै टिप्पणी भइरहेको छ ।

गृहमन्त्री गुरुङले लघुबीमा कम्पनीमा सेयर लगानीका सम्बन्धमा सामाजिक सञ्जालसमेत स्पष्टीकरण दिएका थिए । उनले उक्त सेयर ऋणमार्फत लिएको भनेका छन् । उनले यसबारे सम्पत्ति विवरणमा लुकाएको भनेर उनको आलोचना भइरहेको छ ।

गुरुङ चैत १३ गते गृहमन्त्री बनेका हुन् । सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी आफ्ना पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् ।

 

प्रकाशित : 21 April, 2026

प्रतिक्रिया दिनुहोस्