गृहमन्त्रीको राजीनामा माग गर्ने ४ जना युवा पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ८, गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।
