काठमाडौंको साँखुमा प्रहरीद्वारा गोली प्रहार
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ११, काठमाडौंको साँखुमा प्रहरीद्वारा गोली प्रहार गरेको छ ।

लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
‘लागूऔषध कारोबारी समाउने क्रममा गोली चलाएको भन्ने खबर आएको छ,’ उनले भने ।
यद्यपि कति राउन्ड गोली चलाइएको भन्नेबारे जानकारी आइसकेको छैन ।
